लेवान्डोस्कीले थपे बार्यन म्युनिखसँग सम्झौता

बार्यन म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले क्लबसंगको सम्झौता बदाएको छ।

जर्मन क्लब बार्यनसँग लेवान्डोस्कीले थप ४ बर्षको सम्झौता थप गरेको हो। उनले नयाँ सम्झौता अनुसार बार्यन म्युनिखमा सन् २०२३ सम्म रहनेछ।

३१ बर्षीय लेवान्डोस्कीले २४६ खेलमा १९७ गोल गरिसकेका छन्। उनले क्लबका लागि ५ पटक लिगको उपाधि जिताउँन सफल भए।

उनले बुन्डेशलिगामा धेरै गोल गर्ने विदेशी खेलाडी पनि हुन् । बार्यन र डर्टमण्डबाट २०७ गोल गरेका छन्।