लेवान्डोस्कीको ब्रेसमा बार्सिलोनाको सान्दार जित

ला लिगा अन्तर्गत बार्सिलोनाले जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको छैटौं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६६औं मिनेटमा डेम्बेलेले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।

६८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ७६औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना पाँचौं स्थानमा रहेको छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।