लेवान्डोस्किले गर्यो मुल्लरको रेकर्ड बराबरी

एजेन्सी । बुन्डेस्लिगा अन्तर्गतको खेलमा बायर्न म्युनिखले स्ट्टगार्डलाई ५-० को फराकिलो गोल अन्तरले हरायो । बायर्नको गोलमा जिनाब्रिले ह्याट्रिक गोल गरे भने लेवान्डोस्किले दुई गोल गर्न सफल रह्यो ।

लेवान्डोस्किको दुई गोलसंगै उनले जर्मन लेजेन्ड गर्ड मुल्लरको रेकर्ड बराबरी गरेको छ । उनले मुल्लरले १९७२ मा रचेको रेकर्ड लेवान्डोस्किले बराबरी गर्न सफल भएको हो ।

मुल्लरले सन १९७२ मा सर्वाधिक ४२ गोल गरेका थिए । उक्त रेकर्ड लेवान्डोस्किले स्ट्टगार्डविरुद्ध गोल गर्दै बराबरी गर्न सफल भएको हो ।

त्यस्तै, यस बर्षको अन्तिम खेल वुल्स्बर्गविरुद्ध गोल गरेको स्तिथिमा उनले मुल्लरको रेकर्डलाई भङ्ग गर्नेछ । बायर्नले शुक्रबार राती वुल्स्बर्गलाई घरमा स्वागत गर्नेछ ।

गत मे मा पोलिश स्ट्राइकरले २०२०-२०२१ सिजनको अन्तिम समयमा गोल गर्दै मुल्लरको नाममा रहेको लिगमा सर्वाधिक गोल रेकर्ड आफ्नो नाममा दर्ता गराएका थिए ।