लेवन्डोस्कीको नजर मुलरको रेकर्ड माथि

एजेन्सी, बायर्न म्युनिखको प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार रोबर्ट लेवान्डोस्कीको नजर बुन्डेस्लिगाको सर्वाधिक गोलकर्ता गर्ड मुलरको रेकर्डमा रहेको बताएका छन। पोलिश स्ट्राइकरले उक्त रेकर्ड आफ्नो नाम गर्न ३ खेलमा ४ गोल गर्नु पर्ने हुन्छ।

बायर्न आजको खेल जितेमा बुन्डेस्लिगाको उपाधी लगातार नौं पल्ट जित्ने छ। बायर्नले आज बोरुसिया मोन्चेन्ग्लाड्बकसंग खेल्दै छ।

लेवान्डोस्की आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ। उस्ले जारी सिजन २६ लिग खेलमा ३६ गोल गरिसकेको छ।

गर्ड मुलरको सिजनमा सर्वाधिक ४० गोल रहेको छ। उन्ले सो रेकर्ड १९७१/१९७२ को सिजनमा बनाएका थिए। लेवान्डोस्कीले ३ खेलमा ४ गोल गर्नु पर्ने हुन्छ।

“उन्को नजर उक्त रेकर्डमा रहेको छ” फ्लिकले एक अन्तर्वार्तामा भने “जब हामिले राम्रो फुटबल खेल्छौ सबै भन्दा बदि फाइदा उस्लाइ हुन्छ किन भने उसंग धेरै गुणहरु छ। हामिले एउटा उच्च स्तरको खेलाडीको कुरा गर्दै छौ र उस्ले हारिक सिजन ३० गोल गर्ने खुबी राख्छ”।

“उसंग तीन खेल बाकी छ र हेरम सिजनको अन्तिममा के हुन्छ”

मुलरले ४९ बर्ष पहिले रेकर्ड कसैले तोड्न सक्ने अनुमान गरेका थिएनन्। तर गत सिजन लेवान्डोस्की रेकर्डको नजिक पुग्न भने सफल भएको थियो। उस्ले ३१ खेलमा ३४ गोल गर्न सफल रहेको थियो।