लेभान्टेविरुद्ध मेस्सीको गोल गर्ने क्रम जारी

ला लिगा अन्तर्गत मंगलबार राती सम्पन्न लेभान्टे र बार्सिलोना बिचको खेल बराबरीमा सक्यो। अर्जेन्टिनी स्टार मेस्सीले खेलको २५ औं मिनेटमा गोल गर्दै बार्सिलोनाका लागि खाता खोले।

उनको लेभान्टेविरुद्ध यो २१ औं गोल हो। उनले २३ खेलमा उक्त गोल गरेका हुन।

मेस्सीले जारी सिजन पिचिची जित्ने सम्भावना बलियो छ। उन्ले जारी सिजन २९ ला लिगा गोल गरेका छन भने दोश्रो स्थानमा रहेको बेन्जिमाको २१ गोल रहेको छ।

यदि मेस्सीले पिचिची जितेको खण्डमा उन्ले करिअरको आठौं पटक अवार्ड जित्दै पाचौं लगातार जित्ने छ।