लेप्जिग डोर्ट्मुण्डसंग पराजित, बायर्न नौं पल्ट लगातार च्याम्पियन

जर्मन बुन्डेसलिगाको उपाधि बार्यनले जितेको छ । लिगको दोस्रो स्थानमा रहेको लेपजिक बोरुसिया डर्टमुण्डसँग पराजित भएपछि बार्यनले लगातार नबौं पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो ।

डर्टमुण्डको घरेलु मैदानमा भएको खेलमा लाइपजिकले दुई गोलले पछि परेको अवस्थामा खेल बराबरी गरेपनि अन्तिममा गोल खान पुग्यो ।

खेलको सातौं मिनेटमा मार्कुस रिउसको गोलमा डर्टमुण्डले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको डर्टमुण्डले ५१ औं मिनेटमा जाडोन सान्चोको गोलमा अन्तर दुई शुन्यमा पुर्यायो ।

तर ६३ औं मिनेटमा क्लोस्टेरमनले गोल गर्दै लाइपजिकलाई दुई एकको अवस्थामा पुर्याए । त्यसपछि ७७ औं मिनेटमा डानीयल ओल्मोको गोलमा लाइपजिकले खेल दुई दुईका अवस्थामा पुर्याए ।

तर ८७ औं मिनेटमा सान्चोले ब्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुण्डलाई तीन दुईको जित दिलाए । लाइपजिककाे हारले बार्यनले नबाै‌ पटक बुन्डेसलिगाकाे उपाधि पक्का गरेकाे हाे ।