लुका मोड्रिच थप एक सिजन मड्रिडमा बस्ने

एजेन्सी, रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच थप एक सिजन मड्रिडमा बस्ने भएका छन्। मोड्रिचले रियल सँगको सम्झौता थप एक सिजनका लागि लम्ब्याएका हुन्। उन्को रियल मड्रिड सँगको सम्झौता यहि जुनमा सक्किन लगेको थियो।

यो सम्झौताको अन्त्य सम्म उन्ले रियल मड्रिडमा दश वर्ष बिताइ सकेका हुनेछन्। उनी २०१२ मा ३० मिलियन पाउन्डमा टोटनह्यामबाट रियल मड्रिडका लागि अनुबन्ध भएका थिए। रियल मड्रिडको जर्सीमा उन्ले ४ पटक च्याम्पियन्स लिग, २ पटक ला लिगा , एक पटक कोपा डेल रे र ३ पटक क्लब वल्र्ड कपको उपाधी जिति सकेका छन्।
३५ वर्षका क्रोएसियन खेलाडी मोड्रिचले रियलका लागि ३९१ खेल खेली सकेका छन् जस्मा उन्ले २८ गोल गर्न पनि सफल भएका छन्।उन्ले आफ्नो राष्ट्रिय टोलिका लागि १३६ खेलमा १७ गोल गरि सकेका छन्। उनी २०१८ मा क्रोएसियासँग विश्व कपको फाइनलमा पुग्न सफल भएका थिए। उनी २०१८ को बालोन डोरको बिजेता हुन्।