लुका मोड्रिचको विकल्पको खोजीमा रियल म्याड्रिड- आरबी लाइपजिगका स्टार मुख्य लक्ष्य

लुका मोड्रिचको विकल्पको रुपमा रियल म्याड्रिड आरबी लाइपजिगका क्रिस्टोफर एनकुकु साइन गर्न इच्छुक छन्। लुका मोड्रिचको भविष्य क्लबमा अनिश्चित रहेको छ र खबर अनुसार रियल उनको विकल्पको खोजीमा छन्।

मोड्रिच र रियल बीच सम्झौता विस्तार सफल हुन सकेको छैन। खबर अनुसार हाल रियल आरबी लाइपजिगका स्टार साइन गर्न इच्छुक छन् र लाइपजिग क्रिस्टोफर एनकुकुको लागि रियल सामु £२७ मिलियनको माग राख्ने छन्।

२३ वर्षक मिडफिल्डर २०१९मा पिएसजीबाट लाइपजिग गएका थिए र उनको प्रदर्शन निकै राम्रो रहेको छ भने गत सिजन ८ गोल र २० असिस्ट गर्दै उनले लाइपजिगलाई च्याम्पियन्स लिग सेमीफाइनल पुग्न मद्दत गरेका थिए।

म्याड्रिड हाल मिडफिल्ड विकल्पहरूको खोजीमा छन् आफ्नो स्टार खेलाडी मोड्रिचको भविष्य क्लबमा अनिश्चित हुदै गएको छ।