लुका मड्रिक रियल मड्रिड छोड्ने तयारीमा

लुका मोड्रिच रियल मड्रिड छोडेर इन्टर मिलान जाने सम्भावना बढेको छ । इटालियन मिडियाका अनुसार रियलका स्टार लुका मड्रिक इन्टर मिलान जान उत्सुक रहेका छन् । रसिया विश्वcकपमा गोल्डेन बल जितेका मड्रिक इन्टर जान रियल छोड्न चाहेको बताइएको छ ।

क्रोएसियाका यी मिडफील्डरलाई लामो समयदेखि सान सिरो भनी चिनिने इन्टर मिलानसँग जोड्ने गरिएको भएपनि लोस ब्लान्कोस भनी चिनिने रियल मड्रिडले उनलाई बेच्नका लागि ७५० मिलियन युरोको रिलिज क्लज राखेको छ ।

इटालीको स्काई इन इटाली र जजेटा डेलो स्पोर्टस्मा प्रकाशित समचार अनुसार इन्टरले उनलाई अनुबन्ध गर्न चाहेको छ । इन्टरमा क्रोएसियाका तीन खेलाडी छन्, मार्सेलो ब्रोजोभिक, इभान पेरिसकि र एथ्लेटिको मड्रिडमा लोनमा गएका सिम खर्सलज ।

युईएफए सुपर कप खेलमा मैदनानमा देखापरेका भएपनि मोड्रिचको भविष्य अन्योलमै छ ।