लुकाकु सँग टुचेल असन्तुष्ट

चेल्सीका कोच थोमस टुचेल आफ्नो स्टार खेलाडी लुकाकुको अन्तर्वार्ताबाट असन्तुष्ट भएका छन्। गत ट्रान्सफर विन्डोमा €११५ मिलियनमा चेल्सी आएका लुकाकुले स्काई सपोर्ट इटालिया सँग कुरा गर्दै चेल्सीमा हाल आफ्नो स्थितिबाट खुसी नरहेको दाबी गरेका थिए भने उनले आफ्नो कोच टुचेलको खेल प्रणालीमा पनि प्रस्न गरेका थिए।

लुकाकुको उक्त अन्तर्वार्ताबाट भने चेल्सीका कोच असन्तुष्ट रहेका छन् भने सो कुरा आफूलाई मन नपरेको र उक्त अन्तर्वार्ताले “आवश्यक नभएको हल्ला ल्याउने” टुचेलले दाबी गरे।

“मलाई यो मन परेन,” टुचेलले भने।

“तर म यसको ’bout धेरै बोल्दिन किन भने यस्तो कुरा सन्दर्भ बाहिर चाडै जान्छ।”

“इमानदारीपूर्वक भन्नुपर्दा मलाई यस्तो कुरा मन पर्दैन ’cause यस्तो कुराले आवश्यक नभएको हल्ला ल्याउने गर्छ। हामीलाई शान्त वातावरण र फोकस चाहिन्छ र यसले मद्दत गर्दैन।

“म उहाँलाई क्लबमा खुसी नरहेको देख्दिन, म ठिक उल्टो महसुस गर्छु। यदि तपाईँले मलाई हिजो बिहान उनको ’bout सोधेको भए म भन्ने थिए कि उहाँ एकदम ठिक हुनुहुन्छ। त्यसैले यो अचम्मको कुरा हो तर म यो ’bout सोध्ने गलत व्यक्ति हुँ।

“हामीले के भइरहेको छ भनेर बुझ्न प्रयास गर्न समय लिन सक्छौँ ’cause यसले क्लबमा रोमेलुको दैनिक काम, दैनिक मनोवृत्ति, दैनिक व्यवहार प्रतिबिम्बित गर्दैन।”

“मलाई लाग्दैन कि यो क्लबमा कसैलाई लाग्छ कि उनी क्लबमा खुसी छैनन् त्यही भएर उनको भनाइले हामीलाई निकै अचम्मित तुल्याएको छ। हामीले हेर्न आवश्यक छ ’cause मैले यस्तो हुनुको कुनै कारण देख्न सक्दिन।”