लुकाकु फर्केको खेलमा चेल्सीको टोटेन्ह्याममाथी उत्कृष्ट जित

काराबाओ कप अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सीले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।

चेल्सीको मैदानमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३४ औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सी २-० ले विजयी भयो ।

यस जितसँगै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

टोटेनहमलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको आवश्यकता भएको छ ।

दोस्रो लेग जनवरी १३ मा हुनेछ ।