लुकाकु इन्टरमा

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले लोनमा रोमेलु लुकाकुलाई भित्र्याउन सफल भएको छ । चेल्सीले लुकाकुलाई लोनमा जान अनुमती दिए पछि इन्टर फर्केका हुन ।

गत सिजन मोटो रकममा चेल्सी अनुबन्ध भएका लुकाकुको प्रदशन सन्तोषजनक नभए पछि इन्टर फर्केका छन ।

चेल्सी र इन्टर बिच सम्झौता भए पछि लुकाकु इन्टर पुगेको हो । लुकाकुले २०२३ सम्म इन्टरमा रहने जनाएको छ । उनी २०१९ मा म्यान्चेस्टर युनाईटेडबाट इन्टर गएका थिए ।

त्यस्तै, गत सिजन लुकाकुले ४४ खेलमा १५ गोल गरेका थिए । सिजनको दोस्रो हाफमा अधिकांश खेलमा उनी वैकल्पिक खेलाडिका रुपमा प्रयोग भए ।

इन्टरमा छदा लुकाकुले ९५ खेलमा ६४ गोल र १७ अस्सिट गर्दै उत्कृष्ट लयमा देखिए ।