लुकाकु आफ्नो पारिश्रमिक दोब्बर बनाउन चेल्सीमा अनुबन्ध भएको दाबी

एजेन्सी, इङलिस क्लब चेल्सीका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु आफ्नो पारिश्रमिक दोब्बर बनाउन चेल्सीमा अनुबन्ध भएको इन्टर मिलानका प्रमुख कार्यकारी अधिकृत (सि.इ.ओ) ले दाबी गरेका छन्। लुकाकु ९८ मिलियन पाउन्डमा इन्टरबाट चेल्सीमा अनुबन्ध भएका थिए।

रिपोर्टका अनुसार इन्टर मिलानका प्रमुख कार्यकारी अधिकृतले लुकाकु आफ्नो पारिश्रमिक दोब्बर बनाउन चेल्सीमा अनुबन्ध भएको र आफुलाई उनले क्लब छाडेकोमा कुनै आपत्ति नरहेको बताएका छन्।
इन्टरले लुकाकुलाई प्रतिस्थापन गर्नका निम्ति आर्का इटालियन क्लब रोमाबाट एडिन जेको भित्र्याएका थिए। लुकाकुले इन्टरका लागि ९५ खेलमा ६४ गोल गरेका थिए।