एजेन्सी, इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा मिलान डर्बीमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर सेमिफाइनलमा पुगेको हो ।
रोमान्चक बनेको डर्बी भिडन्तमा सुरुवाती अग्रता मिलानले बनाएको थियो ।
खेलको ३१ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । गोल गरे पछि इब्राहिमोविच लुकाकुसंग विवाद गर्न पुगे। रेफ्रिले दुबै खेलाडिलाई पहेलो कार्ड देखाएका थिए।
भिडियो:
Tensions rising between Zlatan and Lukaku in the Milan derby 😳 pic.twitter.com/mbPDw32yn3
— Football on BT Sport (@btsportfootball) January 26, 2021
मिलानले त्यो अग्रतालाई जोगाउन सकेन । खेलको ५७ औं मिनेटमा ज्लाटनले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा समेटिएको थियो । जसको फाईदा इन्टरले उठायो ।
खेलको ७१ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
अब इन्टरले सेमिफाइनलमा युभेन्ट्स र एसपीएलबीचको विजेतासँग खेल्नेछ ।