लुकाकुको लागि चेल्सीले फेरी पनि नयाँ प्रस्ताव पठाउने

प्रिमियर लिग क्लब चेल्सीले लुकाकुको लागि फेरी पनि नयाँ प्रस्ताव पठाउने जानकारी छ। नयाँ स्ट्राइकरको खोजीमा रहेको चेल्सीले इन्टर मिलानका स्टार स्ट्राइकर रोमेलु लुकाकुको प्रस्ताव गरेको थियो तर इन्टरले चेल्सीको प्रस्ताव अस्वीकार गर्दै आएको छ।

चेल्सीले लुकाकुको लागि €१०० मिलियन र आफ्नो खेलाडी मार्कोस अलोन्सोको प्रस्ताव गरेको थियो जुन इन्टरले अस्वीकार गरेको थियो भने हाल चेल्सीले फेरी नयाँ प्रस्ताव गर्ने जानकारी छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार चेल्सीले इन्टरलाई €१२०/१३० मिलियनको नयाँ प्रस्ताव पठाउने छ।

लुकाकुलाई साइन गर्न चेल्सी धेरै इच्छुक रहेको छ- अर्लिङ हालाण्ड वा ह्यारी केन भित्राउने चेल्सीको लक्ष्य रहे पनि हाल उक्त ट्रान्सफरहरु असफल हुने देखा परे पछि चेल्सीले आफ्नो नजर इन्टरका स्टार स्ट्राइकर रोमेलु लुकाकु राखेको छ तर इन्टर भने उनलाई बेच्न अनिच्छुक रहेको खबर छ।

नयाँ कोच थोमास टुचेलको नेतृत्वमा चेल्सीमा स्ट्राइकरको कमी देखा परेको छ र सो कुरालाई ठिक गर्न चेल्सीले अर्लिङ हालाण्डलाई साइन गर्ने योजना बनाएको थियो तर चेल्सीको प्रस्ताव डर्टमण्ड अस्वीकार गर्दै आएको छ भने हाल इन्टरले पनि लुकाकुलाई नबेच्ने सङ्केत दिँदै गर्दा चेल्सीले नयाँ प्रस्ताव पठाउने भएको छ।