शख्तरबिरुद्धको खेल ०-०मा अन्त्य भए पछि इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगबाट बहिरेको छ र ग्रुपको चौथो स्थानमा पुगे पछि युरोपा पनि खेल्न नपाउने भएको छ।
Es toda tuya Lukaku.pic.twitter.com/9AAeMqQwVt
— Rangers Argentina 🇦🇷🐻 (@rangers_arg) December 9, 2020
खेलमा दुवै टिमले गोल गर्ने केहि राम्रो अवसर पाए पनि गोल हुन सकेको थिएन तर खेलको ८८औ मिनेटमा इन्टरको निकै राम्रो प्रयास थियो। कोर्नर किकबाट आएको क्रसलाई इन्टरका एलेक्सिस सान्चेजले निकै राम्रो संग हेडर हाने जुन गोल तिर गएको थियो तर दुर्भाग्यवश त्यो बल लुकाकुको टाउकोमा लग्यो र गोल विफल भयो।
Me : Bets inter Straight win
Lukaku : Nope ain’t gonna happen today#intershaktar pic.twitter.com/uu7VR7PJrF— 🇿🇦🔥💓🍏LIHLE 🇿🇦💙🍏🔥 (@Lihle_ZA) December 9, 2020
उनि अफ साइड पनि रहेका थिए र उनको टाउकोमा बल लागे पछि रेफरीले अफ साइडको इशारा पनि गरे।
हाल लुकाकुले आफ्नै टिमको गोल विफल गरेको सो भिडियो धेरै भाइरल हुदै गएको छ भने धेरैले लुकाकुको खेलको आलोचना पनि गरेका छन्।
इन्टर उक्त बराबरी पछि यूरोपेली प्रतियोगिताबाट बहिरेको छ।