लुकाकुको आउँने सिजन अन्योलमा, अझै क्लवको खोजि गर्दै

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुको आगामी गन्तव्यका बारेमा युनाइटेड अझै अन्योलमै छ। लुकाकु सन् २०१७ मा एभर्टनबाट युनाइटेड भित्रिएका थिए। उनले गत सिजन युनाइटेडका लागि १२ गोल गरेका थिए। युनाइटेडले लुकाकुका लागि इन्टर मिलानले गरेको अनुबन्धन प्रस्ताव अस्वीकार गरेको थियो।

यता इनटर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकुसँगको अनुबन्धन प्रक्रिया नटुङ्गिएकाले उनी इन्टर आउनेमा आशावादी भएको बताएका छन्

उनले भने ‘हामी लुकाकुलाई अनुबन्धन गर्ने प्रयासमा निरन्तर लागिरहेका छौं,’ कोन्टेले भने, ‘दुई क्लबबीच केही असमझदारी छ । तर हामी त्यसलाई सुल्झाउन लागिपरेका छौं।’