लुइस स्वारेज माथि विपक्षी खेलाडीलाई चिमोटेको आरोप

च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगको खेलमा एटलेटिको म्याड्रिडले चेल्सीको सामना गरेको थियो र सो खेलमा लुइस स्वारेजले चेल्सीका एन्टोनियो रूडिगरलाई चिमोटेको फ्यानहरूको विश्वास छ।

लुइस स्वारेज खेलमा आफ्नो विवादास्पद कार्यको लागि प्रसिद्ध छन् र उनले प्रिमियर लिग देखि विश्वकपमा पनि निकै विवादास्पद कुराहरू गरेका छन्।

मङ्गलवार राती भएको खेलमा एटलेटिको म्याड्रिडले १-०को हारको सामना गरेको थियो र उक्त खेलमा लुइस स्वारेज र एन्टोनियो रूडिगर बिच केही तनाव भएको थियो।

हाल खेलको क्रमको दुई बिचको भिडियो भाइरल हुँदै गएको छ जसमा लुइस स्वारेजले एन्टोनियोको तिघ्रामा चिमोटेको देखिन्छ जस पछि एन्टोनियो स्वारेज संग विवाद गर्न पुगेका थिए।

लुइस स्वारेजको सो कार्यको हाल सामाजिक सञ्जालमा धेरै चर्चा हुँदै गरेको छ र उनको धेरै आलोचना पनि भएको छ।