उरुगुवेन क्लब नासिवनलले उरुगुवेन च्याम्पियनसिपको उपाधी हात पारेको छ ।
नासिवनले उरुगुवेन क्लब लिभरपुललाई ४-१ गोल अन्तरले हराउदै उपाधी जितेको हो । ३५ वर्षिय लुइस सुवारेजले दुई गोल गर्दै जित दिलाएका हुन् ।
सुवारेजले एट्लेटिको म्याड्रिड छाड्दै आफ्नो बोइहुड क्लबमा २०२२ सिजनका लागि आएका थिए । उनले १३ खेलमा ६ गोल गर्न सफल भए ।
यो सुवारेजको दोस्रो उरुगुवेन च्याम्पियनसिप उपाधी हो । उनले २००५/०६ सिजनमा पनि नासिवनलबाटै यस उपाधी जितेका थिए ।
सिजन सकिएसंगै सुवारेजको पनि क्लबसंगको सम्झौता सकिनेछ ।
नासिवनलाई कीर्तिमानी ४९ औं पटक उरुगुवेन च्याम्पियनसिपको उपाधि दिलाएका सुवारेजको नयाँ गन्तव्य अमेरिका हुनसक्ने देखिन्छ ।