इटालियन प्रवेश परीक्षामा ‘चित’ गरेकोमा लुइस सुआरेज दोषी ठहर- तीन प्रोफेसरहरू निलम्बित

लुइस सुआरेजले बार्साबाट युभेन्टसमा जान इटालियन प्रवेश परीक्षामा भाग लिएका थिए र उनि माथि चित गरेको आरोप लागेको थियो भने हाल अनुसन्धान पछि उनले चित गरेकोमा उनि दोषी साबित भएका छन्।

लुइस सुआरेज युभे जान धेरै नजिक थिए तर सो छाल असफल भए पछि उनि एलेटिको म्याड्रिड गएका थिए भने उनि माथि इटालियन प्रवेश परीक्षामा चित गरेको आरोप लाग्दै आएको थियो।

उनले चित गरेको साबित भए पछि नतिजा स्वरूप, तीन प्रोफेसरहरू र पेरूगिया विश्वविद्यालयका निर्देशक, साइमन ओलिभिएरी आठ महिनाको लागि निलम्बित भएका छन् ।

त्यसबाहेक, पत्रकार फ्रान्सेस्को पोर्जियोले आफ्नो आधिकारिक ट्विटर खाता मार्फत बताए कि युभेन्टसका केही स्टाफ सदस्यहरू माथि पनि अनुसन्धान हुने छ ।

इटालियन प्रवेश परीक्षा इटालियन नागरिकताको लागि रहेको थियो उनि सो बेल युभेन्टस जान धेरै नजिक थिए।