लिस्बोन १९ बर्ष पछि लिग जित्न सफल

एजेन्सी, स्पोर्टिङ लिस्बोनले १९ बर्ष पछि अन्तत पोर्टुगिज लिग उपाधी उचालेको छ। रेलिगेसन संघारमा रहेको बोआभिस्टालाई १-० गोलले पराजित गरे पछि उपाधी जितेको हो। चिर प्रतिद्वन्द्वी पोर्टो र बेन्फिकालाई पन्छ्याउदै शिर्ष स्थानमा रहदै लिग जिते।

लिस्बोनले सन २००२ मा पछिल्लो लिग उपाधी जितेको थियो। त्यस पछि बेन्फिका र पोर्टोले लिग उपाधिमा कब्जा जमाउदै आएका थिए। त्यस बिचमा पोर्टोले ११ र बेन्फिकाले ७ पल्ट लिग जितेका थिए।

लिस्बोनको जितमा निर्णायक गोल पौलिन्होले ३६ औं मिनेटमा गरे। यो जितले अपराजित रहदै लिस्बोन तालिकामा शिर्ष स्थानमा रहदै दोश्रो स्थानको पोर्टो भन्दा आठ अंक माथि रहेको छ। त्येस्तै तेश्रो स्थानमा बेन्फिका रहेको छ।

स्पोर्टिङ लिस्बोनका समर्थकले रंगशालाको बाहिर जितको खुसियाली मनाए। प्रहरीले समाजिक दुरि अपनाउदै खुसियाली मनाउन आग्रह गरेका थिए।

शान्तपुर्ण रुपमा लिगको उत्सव मनाए पनि केही समर्थक र प्रहरी बिच झडप भएका थिए। समर्थकहरुलाई रंगशालामा प्रवेश अनुमती नदिए पछि बाटोमा उत्सव मनाउनु परेको थियो।