लियोनेल मेस्सी साइन गर्न सिटी आफ्नो ३ खेलाडी र ठुलो रकम दिन तयार

बार्सिलोनाका स्टार कप्तान लियोनेल मेस्सी साइन गर्न सिटी आफ्नो ३ खेलाडी र ठुलो रकम बार्सालाई दिन तयार रहेको खबर छ।

३३ बर्सका सुपरस्टार मेस्सीले बार्सा छोड्ने घोषणा गरेपछि उनि सिटी जाने कुरा आएको छ र हाल खबर अनुसार सिटी उनलाई भित्राउन आफ्नो ३ खेलाडी र रकम दिन तयार रहेको छ। सिटीले आफ्नो स्टार स्ट्राइकर गेब्रियल जिसस, युवा खेलाडीहरु एरिक गार्सिया र एन्जेलिनो बार्सालाई दिने प्रस्ताव गर्ने खबर छ।

सिटीले रकममा कति तिर्ने भन्ने कुरा हाल पुष्टि भएको छैन।  ६ पल्टका बलोन डे’अर विजेता खेलाडी मेस्सी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध नभएपछि मेस्सीले आफूले क्लब छाड्न चाहेको पत्र पठाएका थिए । पछिल्लो समय असन्तुष्ट रहँदै आएका मेस्सी झन्डै दुई दशक लामो सम्बन्ध अन्त्य गर्ने मनस्थितिमा पुगेका छन् ।

ग्वार्डिओलाले बार्सिलोनाको अवस्थाका बारेमा जान्नका लागि मेस्सीसँग कुरा गरेको बताइएको छ । आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डिओलासँग मेस्सीको सम्बन्ध राम्रो रहेको बताइन्छ । ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ ।