“लियोनेल मेस्सी आर्सेनलमा जान इच्छुक थिए”

लियोनेल मेस्सीका पूर्व एजेन्टका अनुसार पाँच पटकका बलोन डी’ओर विजेता २००३ तिर प्रिमियर लिगमा सर्ने इच्छुक थिए।

भर्खरको एउटा अन्तर्वार्तामा फेबियन सोल्दिनीले सो बारे बोलेका छन्। त्यो समय १६ वर्षका सेस्क फाब्रिगास ला मासियाबाट आर्सनल गएका थिए जो पछि आर्सनलका सबैभन्दा कान्छो  खेलाडी बन्न पुगे, र अर्सेन वेंगरको नेतृत्वमा ३५० खेल खेल्दै, त्यस समयमा उनले धेरै उपाधि जिते।

फाब्रिगास साइन गरे पछि अर्सेन वेंगर ला मसियाका अर्को युवा स्टार पनि साइन गर्न चाहन्थे। अर्सेन वेंगर मेस्सीको एक ठुलो प्रशंसक पनि हुन्।

“[मेस्सी] आर्सेनल जाने इच्छुक थिए तर उनी गएनन्,” सोल्दिनीले स्पेनी प्रकाशन मार्का मार्फत भने।

“मलाई त्यो दिनको सम्झना छ जुन बेला सेस्कले क्लब छोडेका थिए । मेस्सीलाई पनि प्रस्ताव आएको थियो, उनि इच्छुक थिए तर उनले बार्सिलोना छाडेन चाहेनन्।”

उनले बार्सामाइ बस्ने निर्णय लिए र हाल उनि बार्साको एक सुपरस्टार बनेका छन्। उनले १६ वर्षको उमेरमै बार्साको लागि पहिलो खेल खेले- जोस मोरिन्होको पोर्तो बिरुद्ध मेस्सीले खेल्ने मौका पाए जसमा उनको प्रदर्शनले धेरैको मन जित्यो।