लियोनेल मेस्सीले बार्सिलोना छोड्न सक्ने

लियोनेल मेस्सीले यस गर्मीमा बार्सिलोना छोड्ने निर्णय लिने खबर छ। अर्जेन्टिनाका स्टारको सम्झौता २०२१मा अन्त्य हुने छ तर उनि अहिले नै क्लब छोड्न सक्ने खबर आएको छ ।

च्याम्पियन्स लिगको क्वार्टर फाइनल बायरन म्यूनिख संग ८-२ले पराजित भएको केहि दिन पछि नै मेस्सीले आफु क्लब छोड्न चाहेको कुरा क्लबलाई भनेको खबर छ। यो खबर ब्राजिलका पत्रकार मार्सेलो बेक्लरबाट आएको हो, नेमार पिएसजीमा जाने कुराको खुलासा गर्ने उनि पहिलो पत्रकार थिए।

उनको अनुसार मेस्सी यस गर्मीमा बार्सिलोना छोड्न चाहन्छन र उनि २०२१ सम्म कुर्नु चाहँदैनन्।

मेस्सीको नाम म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, र पीएसजी जस्ता क्लबहरूसँग जोडिएको छ।  तर उनि कुन क्लब जाने बारे कुरा खुलेको छैन, उनि अर्जेन्टिनामा आफ्नो बाचा बाल्यकाल बेलाको क्लबमा जान सक्ने कुरा पनि रहेको छ।