“लियोनेल मेस्सीलाई डिएगो म्याराडोना सँग तुलना गर्न मिल्दैन”

लियोनेल मेस्सीलाई धेरैले विश्वको सर्वश्रेष्ठ फुटबलर भनेर भन्ने गर्छन र यो बारे धेरै विवाद पनि हुने गर्छ। फ्यानहरुले खेलाडीहरुलाई एक अर्का संग तुलना गर्ने गर्छन र मेस्सीलाई धेरैले म्याराडोना संग पनि तुलना गर्ने गर्छन।

तर म्याराडोनाका छोराले भने सो तुलना गर्न नमिल्ने भनेर भनेका छन्। अर्जेन्टिनाका पुर्व स्टारका छोरालाई स्पोर्टले प्रस्न गरेका थिय कि यदि लियोनेल मेस्सी उनको बुबा जत्तिकै राम्रो छन् भनेर। जसमा उनले जवाफ दिए: “मेस्सी एक राम्रो खेलाडी हुन् ।

“तर कोही पनि मेरो बुबासँग तुलना गर्न सकिँदैन। तपाईं एलियनलाई मानिस संग तुलना गर्न सक्नुहुन्न। हामी यो भन्न सक्दछौं कि माराडोना फुटबलको भगवान हो र लियो मानवहरूमा सर्वश्रेष्ठ खेलाडी।

“मलाई माफ गर्नुहोस्, तर कोही मेरो बुबाको तहमा पुग्न सक्दैन। यो असम्भव छ।”

“म मेस्सीलाई माया गर्छु, “उनले भने।

“उनि एक उत्कृष्ट खेलाडी हुनुहुन्छ र क्रिस्टियानो उहाँको नजिक पनि आउँदैनन्।