लियोनल मेस्सी युरोपका निष्ठावान खेलाडीको सूचिमा; अरु को को छन् सुचीमा?

लियोनल मेस्सी क्लब प्रति ‘सबैभन्दा निष्ठावान’ खेलाडीको सूचीमा परेका छन् ।

ट्रान्सफर मार्केटले सार्वजनिक गरेको युरोपियन क्लबका १० निष्ठावान खेलाडीको सूचीमा मेस्सी अटाएका हुन् । निष्ठावान खेलाडीको सूचीमा मेस्सी सातौं स्थानमा रहेका छन् ।

बार्सिलोनामा आबद्द भएपछि मेस्सीले अन्य क्लब रोजेका छैनन् । मेस्सीले क्लबमा १५ वर्ष ४ महिना बिताईसकेका छन् ।

मात्र १४ वर्षको उमेरमा बार्सिलोना आएका अर्जेन्टिनाका मेस्सीले सन् २००१ बाट जुनियर टोलीमा डेब्यु गरेका थिए ।

सन् २००४ बाट सिनियर टोलीमा डेब्यु गरेका मेस्सीले क्लबबाट ४ पटक च्याम्पियन्स लिग जितेका छन् । पाँच पटकको बालोन डी’ओर विजेता मेस्सीले १० ला लिगाको उपाधि जितेका छन् ।