लियोनका स्टार मिडफिल्डर साइन गर्ने होडमा आर्सेनल र म्यान सिटी

लियोनका स्टार मिडफिल्डरले क्लब छोड्ने आफ्नो इच्छा निश्चित गरेका छन्। २२ बर्सका स्टार हौसेम औआर क्लब छोड्न तयार छन् भने प्रिमियर लिगका दुई क्लबले उनलाई साइन गर्ने प्रयास गर्ने कुरा छ।

आर्सेनल र म्यानचेस्टर सिटी दुबै २२-बर्षेका स्टारलाई भित्राउन अत्यन्तै उत्सुक छन्, जसले गत तीन सीजनहरूमा आफ्नो बाल्यकाल क्लबको लागि निकै राम्रो खेल्दै छन् ।

हौसेम औआर हाल नयाँ चुनौतीको लागि तयार छन् र उनको लक्षित गन्तव्य प्रिमियर लिग रहेको छ।

उनको लागि अर्सेनलले प्रस्ताव पनि पठाएको थियो जसमा गनर्सले आफ्नो युवा स्टार ग्वेन्डोजी पनि समावेश गरेको थियो तर उक्त प्रस्ताव लियोनले अस्वीकार गरेको छ।

लियोनले उनको लागि €६० मिलियनको माग गरेको छ।

युभेन्टस र पिएसजीले पनि उनलाई साइन गर्न सक्ने खबर रहेको छ तर हाल सम्म अर्सेनलले मात्र उनको लागि आधिकारिक प्रस्ताव पठाएको छ।