लियोनका स्टार मिडफिल्डर साइन गर्न प्रयास गर्दै आर्सेनल

आर्सेनल लियोनका स्टार मिडफिल्डर साइन गर्न प्रयास गर्दै छन्। लियोनका हौसेम आउर यो ट्रान्सफर विन्डोमा आर्सेनलको मुख्य लक्ष्य रहेको छ।

उनको लागि गनर्सले प्रस्ताव पनि पठाएको थियो जुन लियोनले अस्वीकार गरेको कुरा छ। आर्सेनलले उनको लागि €३५ मिलियनको प्रस्ताव राखेको थियो जुन लियोनले अस्वीकार गरेको छ र गनर्स् उनको लागि सुधार प्रस्ताव प्रस्ताव गर्न तयार छन्।

२२का स्टारको लागि लियोनले €६० मिलियन सम्मको माग गर्दै गरेको छ भने आर्सनल €४५ मिलियन र थप बोनसको नयाँ प्रस्ताव पठाउने तयारीमा छन्।

खबर अनुसार हौसेम आउर आर्सनल आउन तयार छ र क्लब संग उनको व्यक्तिगत सम्झौता पनि भएको छ तर लियोन र आर्सनल बीच सम्झौता हुन सकेको छैन। लियोनका अध्यक्ष जीन-मिशेल औलास – स्थानान्तरण बजारमा कडा मोलतोल गर्ने व्यक्ति मध्ये एक हुन्।

लियोनका हौसेम आउर यो ट्रान्सफर विन्डोमा आर्सेनलको मुख्य लक्ष्य रहेको छ र उनि पछि आर्सनलले एलेटिको म्याड्रिडका पार्टी साइन गर्ने योजना बनाएको छ भने क्रिस्टल प्यालेसका जाहामा पनि आर्सेनलको चासो रहेको कुरा।