लियोनका गोलकिपरले नेमारलाई खेलको क्रममा यसरी ट्रोल गरे

लियोनका गोलकिपपर एन्थोनी लोपेस नेमारलाई पेरिस सेन्ट-जर्मेनबिरुद्धको खेलमा ट्रोल गरेको धेरैको विश्वास रहेको छ। उक्त खेलको हाल अहिले भिडियो भाइरल भएको छ जसमा नेमार संग हल्का सम्पर्कमा गोलकिपर मैदानमा लडे र हास्यास्पद रुपमा मैदान भन्दा बाहिर रोल गर्दै गए।

खेलको ७२ मिनेटमा बलको लागि गोलकिपर एन्थोनी लोपेस र नेमार प्रतिस्पर्धा भएको थियो र गोलकिपर एन्थोनी लोपेस आफ्नै डिफेन्डर संग ठोके तर उनि निकै हास्यास्पद रुपमा मैदानमा लडे मैदान भन्दा बाहिर रोल गर्दै गए।

सो भिडियो हाल भाइरल हुदै गएको छ र धेरैको विश्वास कि गोलकिपरले नेमारको ट्रोल गर्दा सो ‘नाटक’ गरेका हुन्। उक्त खेल भने लियोनले ०-१ले जितेको थियो र नेमार सो खेलमा चोट ग्रसित भएका थिए।