लिभरपूल विश्वको सर्वश्रेष्ठ टीम हो- हालान्ड

एर्लिङ हालान्डले लिभरपूललाई “विश्वको सर्वश्रेष्ठ टीम” को संघया दिएका छन र आफुहरुको घरेलु मैदानमा गत सिजनको च्याम्पियन्स लिग बिजेतालाई जित्ने मनशाय रहेको बताए।

“उनीहरू विश्वका सर्वश्रेष्ठ टोली हो,” स्ट्राइकरले युएफाको वेबसाईट मार्फत भने।

“हामीलाई थाहा छ कि हामीले घरेलु मैदानमा राम्रो प्रद्शन गर्छौ र यदि हामीले शीर्ष स्तरमा खेल्यौ भने जित्ने मौका रहन्छ।”

हलान्डले ५ खेलमा लगातार गोल गर्दै युरोपियन कप / च्याम्पियन्स लिगको इतिहासमा पहिलो युवा खेलाडि हुन सफल भए।

यद्यपि नोर्वेजियन फरवार्ड रेकर्डले आफुलाई फरक नपर्ने र आफ्नो टिमलाई योगदान पुर्‍याउन तर्फ बदि रुची देखिन्छन।

“यो एउटा राम्रो रेकर्ड हो, तर मलाई रेकर्डको बारेमा खासै मतलब छैन,” उनले स्काई स्पोर्ट अस्ट्रियालाई भने। “म मेरो टोलीको बारेमा मात्र मत्लाब राख्छु।”