लिभरपूल र चेल्सीलाईपछि पार्दै म्यानचेस्टर युनाइटेडले £ १२० मिलियनको यो स्टार भित्र्याउने

बोरुसिया डोर्टमुन्टका स्टार जादोन सान्चोको स्थानान्तरणको दौड जित्न म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा देखिन्छ ।

इंग्ल्याण्ड अन्तर्राष्ट्रिय स्टार लामो समयदेखि म्यानचेस्टर युनाइटेड र अन्य ठूला क्लबहरूसँग जोडिएका थिए, डेली मिररले चाडै क्लब छोड्ने खबर छापेको छ भने उनको मूल्य £१२० मिलियन हुने बताएको छ ।

हालको समयमा बुन्डेस्लिगामा सान्चो एकदमै रोमाञ्चक प्रतिभाको प्रदर्शन भएको छ, र यस्तो देखिन्छ कि युनाइटेड उनलाई साइन गर्न लागि परेको छ ।

डन बलनका अनुसार म्यान्चेस्टर युनाइटेड सान्चोका लागि राम्रो गन्तव्य हो, तर युनाइटेडले उनलाई साइन गर्न ठूलो प्रोत्साहन दिएका छन र लिभरपुल र चेल्सीले उनी माथि आफ्नो इच्छा कम गरेको पनि खबर छ ।

डन बलनले दावी गरे कि लिभरपुल नयाँ आक्रमणकारी खेलाडीमा त्यति खर्च गर्ने बारेमा अनिश्चित छ जब लिभरपुलसँग पहिले नै मोहम्मद सलाह र सादियो माने जस्ता खेलाडी छन् ।

चेल्सीले भने पेरिस सेन्ट-जर्मेनका सुपरस्टार नेमारको जस्तो नाममा ध्यान केन्द्रित गरेको देखिन्छ ।