‘लिभरपूल र आरबी लाइपजिगका स्टार वार्तामा, सम्झौतामा पुग्न धेरै नजिक’

लिभरपूलले टिमो वर्नरसँग सम्झौताको वार्ता गर्दै गरेको खुलेको छ, आउँदो गर्मीमा आरबी लाइपजिग स्ट्राइकरको स्थानान्तरणको सम्झौता अन्तिम रूपमा पुगेको खबर छ।

रेड्सको नाम बुन्डेस्लिगाका स्टार स्ट्राइकर वर्नर संग लामो समयदेखि जोडिएको छ, र यस्तो देखिन्छ कि उनलाई एनफिल्डमा ल्याउनको लागि रेड्सले महत्वपूर्ण कदमहरू चाल्न सुरु गरिसकेको छ।

खबर छ कि जर्मन स्टार लिभरपूल संग वार्तामा छन् र स्थानान्तरणको बारे छलफल हुदै छ।

खबर अनुसार लिभरपूलले टिमो वर्नरलाई ५ वर्षको सम्झौता प्रस्ताव गर्ने छ र उनको तलब प्रति वर्ष €८ मिलियन हुने छ।

टिमो वर्नरको नाम लिभरपूललेसँग धेरै समय देखि जोडिएको छ भने वर्नरले पनि सार्वजनिक रूपमा जर्जेन क्लोपको प्रशंसा गर्दै आएका छन् ।