“लिभरपूल युरोपमा सर्वश्रेष्ठ फुटबल खेल्छन्”

पिएसजी स्टार नेमारले लिभरपुल र जर्जेन क्लोपको प्रसंसा गरेका छन्। २८ वर्षीय नेमार अहिले च्याम्पियन्स लिग फाइनल खेल्ने क्रममा छन र उपाधिको लागि आइतबार रात बायर्न म्युनिख संग खेल्ने छन्।

युरोपमा अन्ततः ठूला फाइनलको अघि नेमारले रेड्स र क्लोपको बारेमा बोलेका छन्।

उनले डेली स्टारलाई भनेका छन्: “पछिल्ला दुई सीजनहरूमा लिभरपूलले युरोपमा सर्वश्रेष्ठ फुटबल खेलेका छन्।

“गत सिजन च्याम्पियन्स लिग जिते र यस सीजन प्रिमियर लिग यति आरामपूर्वक जितेका छन्।”

नेमारले २०२०/२०२१ सिजनका लागि लिभरपूलको पूर्वानुमान पनि प्रस्तुत गरे, क्लोपका टिमले लिगको पहिलो खेलसेप्टेम्बर १२ मा लीड्स युनाइटेडको सामना गर्ने छन्।

उनले थपे: “उनीहरूको कोचले एक मजबूत टिम बनाएका छन् र अर्को सीजन म पक्का छु रेड्सले फेरि प्रतिस्पर्धी हुने छ।”