“लिभरपूल फ्यानहरू विश्वका सर्वश्रेष्ठ हुन्”

बार्सिलोनाका स्टार लुइस सुआरेजले पुर्व क्लब लिभरपुलका फ्यानहरुको प्रशंसा गरेका छन्।

सुआरेजले रेड्सका समर्थनहरुलाई “विश्वका सर्वश्रेष्ठ ” भनेका छन् उनले लिभरपूलमा ३ वर्ष बिताएका थिए। उरुग्वेका स्ट्राइकर २०१४मा लिभरपूलबाट बार्सा आएका थिए, बार्साले उनको लागि £७५ मिलियन तिरेको थियो।

“लिभरपूलका फ्यानहरु सर्वश्रेष्ठ फुटबल प्रशंसकहरू हुन्, म लिभरपूलमा हुँदा उनीहरूले मलाई सधैं माया दिए” उनले ओट्रोलाई भने।

“उनीहरूले मलाई सँधै माया गर्थे र उनीहरू संग धेरै जोश छ।

यसैले तिनीहरू विश्वका सर्वश्रेष्ठ फुटबल फ्यानहरू मध्ये एक हुन्। मेरो लागि, सबै भन्दा सर्वश्रेष्ठ । “

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ