लिभरपूल प्रिमियर लिगका दुई युवा स्टार साइन गर्ने योजना बनाउँदै

लिभरपुलले आर्सेनलको दुई सम्भावित प्रतिभा साइन गर्न योजना बनाउँदै गरेको खबर छ।

रेडसले प्रमाणित गरिसक्यो कि उनीहरू यस सिजनमा प्रीमियर लिगको कुनै पनि क्लबलाई हराउन सक्षम छ। लिभरपुल इंग्ल्याण्डको च्याम्पियन बन्न धेरै नजिक छन्।

र यस्तो देखिन्छ कि लिभरपूलले आफ्नो भविष्यका लागि प्लानिंग गर्दै गरेको छ, खबर अनुसार लिभरपूलले आर्सेनलबाट बुकायो साका र मार्टिनेलीलाई साइन गर्ने योजना निर्माण गरिरहेका छन्।

दुई युवा स्टार हाल उत्कृष्ट प्रदर्शन गर्दै छन्। तर फुटबल इनसाइडरले सुझाव दिएको छ कि उनीहरु आउने सिजनमा लिभरपूलमा जान सक्नेछन्।

मार्टिनेल्लीले आफुलाई क्लिनिकल स्ट्राइकर रहेको प्रमाणित गरिसकेका छन जबकि साका एक प्रतिभाशाली विंगर हुन् र उनको वर्तमान करारमा १८ महिना मात्र बाँकी छ।