लिभरपूल आफ्नो स्टार फोवार्ड मोहम्मद सलहा बेच्न तयार हुने पुर्व लिभरपूल गोलकिपर डेभिड जेम्सको विश्वास रहेको छ । उनको अनुसार राम्रो रकमको साथ प्रस्ताव आए लिभरपूलले मोहम्मद सलहालाई बेच्ने छ।
‘Liverpool could sell Salah if the price is right’ – James would listen to offers from Real Madrid https://t.co/WdU0ZhFk3d pic.twitter.com/lcRZauKNgd
— Goal Africa (@GoalAfrica) November 23, 2020
पुर्व लिभरपूल गोलकिपर डेभिड जेम्सका अनुसार हाल लिभरपूल सलहा बिना पनि राम्रो प्रदर्शन गर्दै छन् र राम्रो प्रस्ताव आए लिभरपूलले उनलाई बेच्ने छ। इजिप्टका स्टार फोवार्डले लिभरपूलको लागि १०४ गोल गरेका छन् भने च्याम्पियन्स लिग र लिग जित्न उनले क्लबलाई मद्दत गरेका थिए।
उनलाई साइन गर्न रियल जस्तो क्लब इच्छुक रहेको कुरा धेरै अगाडी देखि रहेको थियो भने हाल पुर्व लिभरपूल गोलकिपर डेभिड जेम्सका अनुसार लिभरपूल आफ्नो स्टार फोवार्ड बेच्न तयार हुने छन्।
Mohamed Salah told he’s not “indispensable” and Real Madrid transfer “could make sense”https://t.co/EfVh7sOIFR
— Mirror Football (@MirrorFootball) November 23, 2020
“यदि मूल्य सहि छ भने कुनै पनि खेलाडीको बिक्री हुनेछ,” पूर्व लिभरपुल किपरले स्टेडियम एस्ट्रोलाई भने ।
“यो गाह्रो तर्क हो किनकि तपाईसँग एक खेलाडी छ जसले लगातार गोल गर्छन, र यो सबै टोलीले चाहान्छ। “यदि तपाईं सर्जियो अगुएरोको साथ म्यान सिटी हेर्नु हुन्छ भने, सिटीको निर्भरता एक प्लेयरमा जस्तो देखिन्छ।
“यदि सलहा म्यान सिटी गए भने मलाई लाग्दैन कि यो लिभरपूलको लागि राम्रो व्यापार हुने छ। यदि उनि अर्कै लिग र अर्कै देशमा गए भने, यो अझ अर्थपूर्ण हुनेछ।
“मलाई लाग्दैन कि लिभरपूल सलहामा निर्भर छ र यो क्लोपको लागि राम्रो चीज हो। यद्यपि उनलाई अझै प्रतिस्थापन चाहिन्छ।