लिभरपूल अझै “उपाधिको लोभी” हुनुपर्छ

लिभरपुलका कोच जुर्गन क्लोपले लिग उपाधि जिते पछि लिभरपूललाई अझै ” उपाधि लोभी” रहेको देख्न चाहन्छन्।

लिभरपूलको आउँदो खेल न्यूकासल युनाइटेड संग छ र लिग उपाधि जितिसके पनि आफ्नो प्रदर्शन घटाउनु न हुने क्लोपले बताए।

“हामी केहि दिनका लागि आफ्नो खेल योजना परिवर्तन गर्ने छौँ तर नयाँ सिजनको योजनामा हामी अहिले नै व्यस्त छौँ,” क्लोपले भने।

“हामी अर्को सिजन लागि पर्खिरहेका छौँ। चाखलाग्दो चुनौतीहरू पर्खिरहेका छन् र मध्य अगस्टमा, यो सर्कस फेरि सुरु हुने छ।”

 

आगामी सिजनको अपेक्षा गरेको चुनौतीको बारे उनले बताए: “हामी लोभी रहनेछौं, हामी हुनु पर्छ। हामीले बुधबार हामी र चेल्सीबीचको खेलमा पनि देख्यौं ।

“हामी सबै कुरा सुधार गर्ने कोसिस गर्छौं। “