लिभरपूलले £७० मिलियनमा यो डिफेन्डर साइन गर्न सक्ने

BRIGHTON, ENGLAND - JANUARY 12: Jordan Henderson and Virgil van Dijk of Liverpool cover their mouths as they communicate during the Premier League match between Brighton & Hove Albion and Liverpool FC at American Express Community Stadium on January 12, 2019 in Brighton, United Kingdom. (Photo by Mike Hewitt/Getty Images)

यो स्थानान्तरण विन्डोमा लिभरपूलले नयाँ डिफेन्डर साइन गर्न सक्ने खबर छ।

डेली स्टारका अनुसार लिभरपूलले देजन लवरेनको प्रतिस्थापनको रुपमा सेविलाका डिफेंडर डिएगो कार्लोस साइन गर्न सक्ने छन् ।

भ्यान डाइक संगको साझेदारी सिर्जना गरेर बलियो रक्षा लाइन बनाउने लिभरपूलको योजना रहेको छ।  डिएगो कार्लोस गत सिजनमा ला लिगामा सर्वश्रेष्ठ डिफेन्डरहरू मध्ये एकको रुपमा रहेका थिए ।

रिपोर्टका अनुसार उनि माथि म्यान सिटीको पनि चासो रहेको छ, र उनीहरूको राम्रो आर्थिक अवस्थाको कारण सिटीले पनि उनलाई भित्राउन प्रयास गर्ने राम्रो सम्भावना छ।

लिभरपूलले आफ्नो खेलाडी देजन लवरेनलाई बेच्ने कुरा स्पष्ट गरेका छन् र उनकै प्रतिस्थापनको रुपमा सेविलाका डिफेंडर डिएगो कार्लोस साइन गर्ने लिभरपूलको योजना रहेको छ ।