लिभरपूलले £४५ मिलियनमा भित्रायो नयाँ स्टार फोवार्ड

लिभरपुलले फेरी नयाँ खेलाडी साइन गर्ने भएको छ। लिभरपुलले हालै बायर्न म्युनिखबाट थिएगो अल्कान्ट्रा साइन गरेको थियो र अब रेड्सले वोल्भ्सका डियोगो जोटा साइन गर्ने भएको छ।

खबर अनुसार २३ वर्षका स्टार फार्वर्ड संग क्लबको सम्झौता भैसकेको छ र उनको लागि लिभरपूलले £४५ मिलियन तिर्ने छ। खबर अनुसार लिभरपूल संगको उनको सम्झौता ५ बर्सको हुने छ र लिभरपूलले रकम किस्तमा तिर्ने छ।

शनिबार सम्झौता पुरा हुनु अघि उनले क्लब संग मेडिकल गर्ने कुरा छ।

एन्फिल्डमा जोटाको आगमनलाई लिभरपूलका डिफेन्डर कि-जना होवरलेसजिलो बनाउन सजिलो बनाउन मद्दत गरेका हुन् उनि १० मिलियनमा वोल्भ्समा गएका छन् ।

डियोगो जोटाले वोल्भ्सको लागि निकै राम्रो प्रदर्शन गर्दै आएका छन् र लिगमा एक उत्कृष्ट फोवार्डको रुपमा उनि अगाडी आएका छन्।

उनलाई युभेन्टस जस्तो क्लबले पनि साइन गर्न खोजेको थियो तर हाल रेड्स उनलाई भित्राउन सफल भएको छ।