लिभरपूल बार्सिलोनाका स्टार साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार लिभरपूल बार्साका एन्टोनी ग्रिजम्यान साइन गर्न इच्छुक छन्। लिभरपूलका कोच क्लोप उनको फ्यान हुन् र उनलाई क्लबमा भित्राउन उनि इच्छुक रहेको खबर छ।
Liverpool open to SHOCK transfer involving Sadio Mane and €130M Barcelona star swap: https://t.co/Gg0PyZtKNX
— LFC News (@LFCNewsApp) January 9, 2021
खबर अनुसार ग्रिजम्यान साइन गर्न लिभरपूलले आफ्नो स्टार सादियो मानेको प्रस्ताव गर्न सक्ने छन्। ग्रिजम्यान एटलेटिको म्याड्रिडबाट बार्सामा सामेल भए पछि केहि संघर्ष गर्दै छन्। बार्सामा उनको प्रदर्शन एटलेटिकोमा जस्तो हुन सकेको छैन।
बार्साले उनको लागि €१३० मिलियन खर्च गरेको थियो। हाल राम्रो प्रस्ताव आए बार्साले उनलाई बेच्न सक्ने खबर छ।
Liverpool Football Club open to SHOCK transfer involving Sadio Mane and €130M FC Barcelona star swap https://t.co/fVQGBwE70a
— VibeMedia.UK (@vibemediasports) January 9, 2021
हाल खबर अनुसार क्लोप उलाई साइन गर्न इच्छुक छन् तर लिभरपूल उनको लागि रकमको प्रस्ताव नगर्ने कुरा छ। क्लोपको योजना सादियो माने संग ग्रिजम्यान साट्ने रहेको खबर छ।