लिभरपूलले भित्रायो नयाँ लेफ्ट ब्याक

लिभरपूलले यो गर्मीमा आफ्नो पहिलो खेलाडी स्थानान्तरणको घोषणा गरेको छ। गत सिजन च्याम्पियन्स लिग जितेर पहिलो टोलीको लागि खेलाडी साइन गर्न असफल भएपछि, रेड्सले हाल नयाँ लेफ्ट व्यक- कोस्टास सिमिक्स साइन गरेको छ।

ग्रीक लेफ्ट ब्याकले आउँदो सिजनमा एंडी रोबर्टसनलाई प्रतिस्पर्धा प्रदान गर्ने अपेक्षा गरिएको छ, जेम्स मिलनरले विगत केही सिजनमा त्यो गर्दै आएका थिए।

२४ वर्षका लेफ्ट ब्याकले २१ नम्बरको जर्सी लगाउने छन् र एनफील्डमा दीर्घकालीन सम्झौतामा उनले स्ताक्षर गरेका छन् । लिभरपूलले कोस्टास सिमिकसलाई €१३ मिलियनमा ओलम्पियाकोसबाट साइन गरेको हो।

उनले सम्झौतामा गरेपछि, सिमिक्सले भने: “म धेरै खुसी छु, म यहाँ हुँदा अति गर्व छ। मेरो लागि, [यो] संसारको सब भन्दा ठूलो क्लब हो। यहाँ हुन पाउनु सम्मानको कुरा हो र म मेरो सर्वोत्तम सेवा यो क्लबलाई दिनेछु, ”

“यहाँको लिग, मलाई धेरै मन पर्छ। म यो टिभीमा देख्छु र यो लीगमा खेल्ने म सानो हुँदादेखि मेरो सपना थियो।