लिभरपुलले आफ्नो टिममा नयाँ नयाँ स्टार मिडफिल्डर भित्राएको छ। लिभरपुलले बायर्न म्युनिखबाट थिएगो अल्कान्ट्रा साइन गरेको हो।
Thiago Alcantara will sign his contract as new Liverpool player until June 2024. The agreement is 100% completed also with the player as with Bayern Münich [€30m add ons included]. The official announcement is just a matter of time… here we go! 🔴 #LFC #Thiago #transfers
— Fabrizio Romano (@FabrizioRomano) September 17, 2020
प्रीमियर लिग क्लबले थिएगो अल्कान्ट्रा संग चार बर्षेको सम्झौतामा हस्ताक्षर गरेको छ भने उनको लागि रेड्सले £२० मिलियन र थप £५ मिलियन बोनसहरु बायर्नलाई तिर्ने छ। मिडफिल्डरले लिभरपूलमा ६ नम्बरको जर्सी लगाउनेछन।
दुई क्लबहरु र खेलाडी बीच सहमति भैसकेको छ तर लिभरपूलले उक्त ट्रान्सफरबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन र चाडै रेड्सले उनलाई फ्यानहरु सामु घोषणा गर्ने खबर छ।
Thiago Alcantara is set to sign a four-year deal at #LFC and will wear the number 6⃣ jersey, with Liverpool paying an inital fee of just £20m.
Full details below…⬇
— Sky Sports News (@SkySportsNews) September 17, 2020
थिएगो अल्कान्ट्राको प्रदर्शन निकै राम्रो रहेको छ भने गत सिजन उनले बायर्नलाई ट्रेबल जित्न मद्दत गरेका थिए। उनलाई साइन गर्न लिभरपूलले बार्सिलोना र म्यानचेस्टर युनाइटेड जस्तो क्लबलाई पछि पारेको छ।