लिभरपुलले आगामी केहि दिनमा बायर्न म्युनिखका स्टार मिडफिल्डर थिएगो अल्कान्ट्रालाई साइन गर्न वार्ता गर्ने खबर छ।
बार्सिलोनाको प्रसिद्ध ला मासियाका उत्पादन, थिएगो अल्कान्ट्रा २०१३मा बायर्न म्युनिख गएका थिए र उनले आफूलाई विश्वको सर्वश्रेष्ठ मिडफील्डहरु मध्ये एकको रूपमा स्थापित गर्न सफल भएका छन् भने – गत साताको अन्त्यमा पेरिस सेन्ट-जर्मेन बिरुद्ध च्याम्पियन्स लिग फाइनल जित्न आफ्नो टीमलाई सहयोग गर्दै ट्रफी जित्न सफल भए।
True 😉 https://t.co/yuy9zg7rum
— Christian Falk (@cfbayern) August 26, 2020
हाल २९ बर्सका स्टार क्लब छोड्न तयार रहेको खबर छ र लिभरपूल उनलाई भित्राउन इच्छुक रहेको छ। थिएगो अल्कान्ट्राको प्रिमियर लिगमा खेल्ने चाहना रहेको कुरा छ र उनको मूल्य २९ मिलियन युरो हुने छ।
खबरहरुका अनुसार येही हप्ता भित्र लिभरपूलले बायर्न म्युनिख संग वार्ता गर्ने छ भने क्लब र खेलाडीका प्रतिनिधि बीच पनि छलफल हुने छ।
Thiago Alcantara is waiting because he strongly wants to move to Premier League this summer. Liverpool are still in contact with him but Bayern told again 2 days ago they’re going to sell Thiago only for €30m. Jürgen Klopp wants Thiago too. It’s up to the clubs. 🔴 #LFC #Bayern
— Fabrizio Romano (@FabrizioRomano) August 30, 2020
लिग विजेता लिभरपूलले अर्को सिजनको लागि नयाँ खेलाडीमा धेरै रकम खर्च गरेको छैन भने म्युनिखका स्टार मिडफिल्डर थिएगो अल्कान्ट्रा लिभरपूलको लागि प्राथमिकता हुने देखा परेको छ।