लिभरपूलले फेरी नयाँ विंगर साइन गर्ने

लिभरपूलले आफ्नो टोलीमा फेरी नयाँ खेलाडी भित्राउने खबर छ। हालै मात्र जोटा र थिएगो अल्कान्ट्रा साइन गरेको रेड्सले अब वाटफोर्डका २२ वर्षका विंगर इस्माइला सार साइन गर्ने भएको छ।

खबर अनुसार क्लब र खेलाडी बीच व्यक्तिगत सर्तहरुमा सहमति भएको छ र अब दुई क्लब बीच रकमको बारे सम्झौता हुन बाकी छ। गत हप्ता देखि लिभरपूलले सारलाई साइन गर्ने चर्चा भएको थियो र हाल क्लबहरु बीच छलफल हुने क्रम जारी भए पछि सो स्थानान्तरण सफल हुने देखा परेको छ।

 

२२ बर्सका विंगर साइन गर्न लिभरपूलले €३५ वा €४० मिलियन तिर्ने खबर छ। सार यो विन्डोमा रेड्सको चौथो नयाँ खेलाडी हुने छन्।

सारलाई साइन गर्ने अन्य क्लबले पनि चासो देखाएको थियो। म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले पनि उनलाई साइन गर्न प्रयास गर्ने कुरा थियो तर लिभरपूल उनलाई भित्राउन सफल हुने देखा परेको छ।

सार गत सिजन मात्र रेनेसबाट £३० मिलियनमा वाटफोर्ड आएका थिए- ६ गोल मात्र गर्न सफल रहे पनि उनको प्रदर्शन निकै राम्रो रहेको थियो।