लिभरपूलले फेरी कौटिन्हो साइन गर्न सक्ने।

लिभरपूलले फेरी कौटिन्होलाइ बार्सिलोनाबाट साइन गर्न खोजेको र उक्त कुराको लागि सम्भव तरिकाहरु खोज्दै गरेको खबर आएको छ। ब्राजिलका मिडफिल्डर कौटिन्हो गत सिजन £१४५ मिलियन लिभरपूल छोडेर बार्सिलोना आएका थिए, बार्सिलोना आएर उनले सोचे जस्तो भने खेल्न सकेका छैनन् र बार्सिलोनाले उनलाई बेच्ने कुराको हल्ला चल्दै आएको छ।


बिबिसीको अनुसार लिभरपूलले फेरी कौटिन्हो साइन गर्न सक्ने छ, असेन्सियो साइन गर्न खोजेको लिभरपूल, रियल संग सम्झौतामा पुग्न नसक्दा आफ्नो ध्यान फेरी कौटिन्हो तिर केन्द्रित गरेको खबर छ। बार्सिलोना पनि कौटिन्हो बेच्न तयार रहेको छ तर उनको लागि राम्रो प्रस्ताव नआए पछि बार्सिलोना तनाबमा रहेको थियो।