लिभरपूलले २०२० बीबीसी स्पोर्ट्स पर्सनालिटी टीम अफ द यर अवार्ड जितेपछि क्लबका कोच क्लोपले प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको ट्रोल गरे। क्लोप क्लब कप्तान जोर्डन हेंडरसनसँगै पुरस्कार लिन म्यानचेस्टर शहर गएका थिए।
Jurgen Klopp: “Winning this award in Manchester makes it even sweeter by the way.” 🤣 #awlfc [bbc] https://t.co/uX4C62tf2c
— Anfield Watch (@AnfieldWatch) December 20, 2020
पुरस्कारकको समारोह म्यानचेस्टरमा सम्पन्न भएको थियो, जसको फाइदा क्लोपले अवार्ड लिए पछि भाषणको बेला म्यानचेस्टर युनाइटेड को ट्रोल गरेर लिए ।
“म्यान्चेस्टरमा यो पुरस्कार जितेको हुनाले यो जित झन् मीठो भएको छ,” क्लोपले भने।
Winning awards in Manchester ‘makes it even sweeter’, says Jurgen Klopp https://t.co/XVhtjvh8Rt
— The Independent (@Independent) December 21, 2020
पुरस्कारबारे उनले थपे: “मेरो टोली यसको हकदार छ। हाम्रो खेलाडीहरुले अतुलनीय काम गरेका छन्। चरित्र, इच्छा र क्लबको शक्ति, जुन एक ठूलो हो। यो एकदम ठूलो क्षण हो।
“हामी फ्यानहरूको पर्खाइमा छौं।अनुमति पाए पछि हामी एउटा ठूलो ठूलो पार्टी आयोजना गर्नेछौं। आशा छ हामी फ्यानहरु संग मनाउन अझै जित्नेछौं। फेरि फ्यानहरु संग भेट्न हामी पर्खाइ गर्न सक्दैनौं।”