लिभरपूलले गोल गर्ने मौका पाएको बेला रेफ्रीले खेल रोकेको आरोप

आइतबार प्रिमियर लिगमा लिभरपूल र म्यान्चेस्टर युनाइटेड बीचको खेलमा रेफ्रीको निर्णय प्रति विवाद भएको छ।

लिभरपूलले गोल गर्ने मौका पाएको बेला पहिलो हाफ अन्त्य हुन केहि समय बाकी हुँदा पनि रेफ्रीले खेल रोकेको भनेर फ्यानहरुले रेफ्री माथि आरोप लगाएका छन्।

खेलको पहिलो हाफमा १ मिनेटको अतिरिक्त समय थप भएको थियो ४५:५४मा माने गोलको लागि अघि बढ्ने क्रममा थिए र सो लिभरपूललाई गोल गर्ने निकै राम्रो मौका हुने थियो र यस्तो समयमा रेफ्रीले खेललाई जारी राखें चलन छ तर आइतबार भएको खेलमा रेफ्री पल टियरनीले ४५:५४मा पहिलो हाफ अन्त्य भएको सीटी बजाए।

रेफ्रीको निर्णय प्रति धेरै लिभरपूल फ्यानहरु खुसी छैनन् र सामाजिक संजालमा उनको धेरै आलोचना भएको छ।

धेरै फ्यानहरु रेफ्रीको उक्त निर्णयबाट आक्रोशित भए भने केहिले रेफ्रीले म्यान्चेस्टर युनाइटेडको मद्दर गरेको भनेर रेफ्री माथि आरोप लगाए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ