“लिभरपूललाई हराउनु एक सुन्दर क्षण थियो”

एटलेटिको म्याड्रिडका मिडफिल्डर मार्कोस लोरेन्टेले फेरि लिभरपुल बिरुद्ध च्याम्पियन्स लिगमा जितको कुरा गरेका छन्।

लोरेन्टे स्वीकार गर्दछन् कि डिफेन्डिंग टाइटल होल्डरहरू नकआउट गर्नु एक उत्कृष्ट पल थियो।

उनले भने, “हामी क्वारेन्टाइनमा निकै खुसीको साथ गयौ, किन भने हामी च्याम्पियन्स लिगको अर्को चरणमा पुगे र लिभरपुल बिरुद्ध सुन्दर जित हात पर्न हामी सफल भए।

“मैले त्यो भिडियो केहि पटक देखेको छु। त्यो अद्भुत खेल थियो।

“यो मैले फुटबलमा महसुस गरेको सबै भन्दा सुन्दर क्षण थियो। मेरो त्यो जस्तो रातहरू देख्न बानी थिएन।”