लिभरपूलमा कति बर्स सम्म बस्ने बारे बोले जर्जेन क्लोप

लिभरपुलका कोच जर्जेन क्लोपले फेरी जर्मनी फर्किने योजनाहरु स्वीकारे।

क्लोपले बताए उनी अन्ततः मेन्जमा आफ्नो घर फर्कन चाहन्छन।

एसडब्ल्यूआर स्पोर्टसँग कुरा गर्दै रेड्सका प्रबन्धकले उनी फेरि जर्मनीमा बस्न चाहन्छन भनेका थिए: “निश्चित रूपले मेरो क्यारियर पछि म आफ्नो घर जान चाहन्छु।”

व्यवस्थापकले यद्यपि लिभरपूल फ्यानहरूलाई आश्वासन दिए:कि उनि आफ्नो करारको बाँकी समय लिभरपूलमै रहने छन्-जुन २०२४ सम्म छ।

“लिभरपूलमा म अब चार वर्ष बस्ने छु” क्लोपले आफ्नो भविष्यको बारेमा बताए ।