सालाहले २०२० मा लिभरपुलका लागि केहि खेलहरु गुमाउन सक्ने, येस्तो छ कारण

२०२० मा लिभरपूलका स्टार स्ट्राइकर मोहम्मद सालाह प्रशिक्षक योर्गेन क्लोपको टाउको दुखाइको विषय बन्न सक्ने भएका छन्।

अफ्रिका कप अफ नेसन अण्डर २३ को फाइनलमा पुग्दा इजिप्टले २०२० टोकियो ओलम्पिकमा स्थान पाएको छ।

२७ वर्षका सालाह तीन बढी-उमेर खेलाडी मध्ये एकका रूपमा देखा पर्न सक्छन -यो क्रममा उनले आउने सिजनको शुरुवातको खेलहरु गुमाउन सक्ने छन्।

पूर्व मिस्रका एफएका उपाध्यक्ष तथा पूर्व फारोन्स कीपर अहमद शोबीरले भने: “सलाह टोकियोमा खेल्न तयार छन्।

“लिभरपूलसँग कुनै समस्या छैन र उनको टोलीले टोकियोमा उनको सहभागिता अस्वीकार गर्दैन।

“मेस्सी र नेमारलाई हेर्नुहोस्, उनीहरूले पनि ओलम्पिकमा आफ्नो राष्ट्रिय टोलीहरूसँग खेले।”